किताब चर्चामा स्वागत छ! उकालो अभियानले सञ्चालनको दोस्रो वर्षमा आफ्नो माध्यमलाई फराकिलो बनाउने ध्येयसहित नागरिक छलफल र बहसलाई स्थान दिन आफै तथा दोस्रो निकायसँगको सहकार्यमा विभिन्न 'अडियो प्रोजेक्ट' ल्याएको छ। यस्तै प्रोजेक्ट अन्तर्गतको कार्यक्रम 'किताब चर्चा'मा सञ्चालक हरि शर्माले वषौँदेखि अध्ययन गरेका पुस्तकमाथि विचार विमर्श गर्नेछन्, केही समकालीन तथा 'क्लासिक' किताबबारे चर्चा हुनेछ। ती किताब समाजशास्त्र, अर्थशास्त्र र राजनीतिसँग सम्बन्धित हुनेछन्। यद्यपि, यस कार्यक्रमले कुनै पनि किताबको व्यावसायिक प्रवर्द्धन अथवा समीक्षाको उद्देश्य राख्दैन। ------------------------------------------------------------------------------------------------------------------ Welcome to Kitab Charcha! In a bid to diversify its stream of operations, and to contribute to civic space discussions/dialogues, Ukaalo Abhiyan, in its second year, launched and collaborated on various audio projects. On Kitab Charcha host Hari Sharma discusses books on various social issues that he has read over the course of several years. Some of the books are contemporary, and others are classics. The show is neither promoting those books for commercial purpose nor reviewing the contents. Sharma uses the books to provide contexts as he discusses ideas from sociology to economics to political science.
Patrick J. Deneen का दुई प्रभावशाली कृतिहरू—Why Liberalism Failed र Regime Change: Toward a Postliberal Future—का आधारमा आजको अमेरिकी संकटको विश्लेषण।
Why Liberalism Failed मा डेनेनले तर्क उदारवादले स्वतन्त्रताको नाममा सामाजिक एकता र संस्थागत बल खोस्दै गएको छ गर्छन् ।
Regime Change मा उनी जबसम्म परम्परागत सामाजिक संस्थाहरू, नागरिक समाज, र सत्ता सन्तुलन बलियो हुँदैन, लोकतन्त्र स्खलित हुन सक्छ भन्छन् ।
हरि शर्माबाट लोकतन्त्रभित्रै ...
Democracy in America अलेक्सिस द टोकेभिलको सर्वकालिक महत्त्वपूर्ण पुस्तक हो, जसमा उनले अमेरिकी लोकतन्त्रलाई विश्लेषण गर्दै समाजमा लोकतान्त्रिक मूल्यहरूको प्रभावबारे गहिरो अध्ययन गरेका छन्।
टोकेभिल सन् १८०५ मा फ्रान्समा जन्मिएका थिए, र १८३१ मा अमेरिका भ्रमण गर्न गएका थिए। त्यहाँ उनले अमेरिकी समाज, नागरिक स्वतन्त्रता र शक्ति सन्तुलनको अभ्यासलाई नजिकबाट नियाले। यस अध्ययनको आधारमा उनले १८३५ मा पहिलो खण्ड र १८४० मा दोस्रो खण्ड प्रकाशित ग...
भारतीय लेखकहरूको चर्चित आख्यान लेखन (fictional writings) माथि आधारित विशेष शृंखलाको अन्तिम अंकमा हामी श्रिलाल शुक्लद्वारा लिखित राग दरबारीको चर्चा गर्दैछौँ।
राग दरबारी एउटा व्यंग्यात्मक उपन्यास हो, जसले भारतीय समाजको प्रशासनिक संरचना, भ्रष्टाचार, र जनजीवनमा देखिने विडम्बनालाई हास्य-व्यंग्य शैलीमा प्रस्तुत गर्छ। ग्रामीण भारतको राजनीति, स्वार्थी तन्त्र, र शक्ति संघर्षलाई लेखकले यथार्थपरक ढंगले चित्रण गर्नुभएको छ
राजनीतिक शक्ति केवल भाषण र चुनावको खेला होइन, यो व्यवस्थापकीय असक्षमता, भ्रष्टाचार, र सामाजिक अन्यायको कथासमेत हो। जब जनताको आवाज दबाइन्छ, राजनीतिमा कसको स्वार्थ रहन्छ?
तपाईं किताब चर्चा सुन्दै हुनुहुन्छ। हामी अहिले भारतीय लेखकहरूका चर्चित आख्यान लेखन (fictional writings) माथि आधारित विशेष शृंखला प्रस्तुत गर्दैछौँ। अघिल्लो हप्ता हामीले मुख्यमन्त्री को चर्चा गर्यौं, र आजको अंकमा हरि शर्मा मनु भण्डारीको ‘महाभोज’ उपन्यासको चर्चा गर्दै ...
के लोकतन्त्रको अत्यधिक प्रयोगले समाजलाई ध्रुवीकृत बनाउँछ? सामाजिक वा व्यक्तिगत तहका हरेक कुराकानी राजनीति केन्द्रित हुन थाले भने लोकतन्त्र बलियो हुन्छ वा कमजोर?
आजको अंकमा हरि शर्मा रोबर्ट बी. टलिसद्वारा लिखित पुस्तक "Overdoing Democracy: Why we must put politics in its place" को चर्चा गर्दै हुनुहुन्छ। टलिसले यस पुस्तकमा आधुनिक लोकतान्त्रिक समाजमा अत्यधिक राजनीतिकरणले कसरी सार्वजनिक जीवन र सामाजिक सम्बन्धलाई प्रभावित ...
राजनीति केवल नीति र सिद्धान्तको खेल होइन, यो शक्ति, अवसर, र संघर्षको कथासमेत हो। नेतृत्वको नैतिकता, सत्ता टिकाइराख्ने रणनीति, र व्यक्तिगत स्वार्थले राजनीतिलाई कहाँसम्म पुर्याउन सक्छ?
तपाईं किताब चर्चाको २८औँ शृंखला सुन्दै हुनुहुन्छ। हामी आजबाट भारतीय लेखकहरूको चर्चित आख्यान लेखन (fictional writing) माथि आधारित विशेष शृंखला शुरू गर्दैछौँ। यस शृंखलाको पहिलो पुस्तक चाणक्य सेनद्वारा लिखित ‘मुख्यमन्त्री’ हो, जुन भारतीय राजनीतिमा देखिने ...
आजको अंकमा हरि शर्मा ऋषिकेश शाहद्वारा लिखित पुस्तक "Nepali Politics: Retrospect and Prospect" को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तक नेपालको राजनीतिक इतिहास, विशेष गरी पञ्चायती शासन प्रणाली अभ्यास भएको एक दशक पछाडीको अवस्थाको विश्लेषणमा केन्द्रित छ।
यो एपिसोड अघिल्लो अंकको निरन्तरता हो। पञ्चायती व्यवस्थाको विश्लेषण गर्दा ऋषिकेश शाहले राजनीतिक विकासको प्रक्रिया र संकटका विभिन्न पक्षहरूलाई "Crisis and Sequences in Pol...
आजको अंकमा हरि शर्मा फ्रेडरिक एच. गेजद्वारा लिखित पुस्तक "Regionalism and National Unity in Nepal" को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकमा लेखकले नेपालको भूगोल, जातीय संरचना र राजनीतिक परिस्थितिको सन्दर्भमा राष्ट्रिय एकताका चुनौती र सम्भावनालाई उजागर गर्नुभएको छ।
यो अंक अघिल्ला दुई अंकको निरन्तरता हो। "Crisis and Sequences in Political Development" र "Nepali Politics: Retrospect and Prospect" पुस्तकहरूको ...
मानिसको स्वतन्त्रता र पृथ्वीको स्वास्थ्यबीचको सम्बन्ध के हो? के हामीले प्रगति र विकासको नाममा प्रकृतिलाई विनाशको बाटोमा लगिरहेका छौँ?
आजको अंकमा हरि शर्मा सुनील अमृतद्वारा लिखित पुस्तक "The Burning Earth: A History" को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले विगत ५०० वर्षको मानव इतिहासलाई वातावरणीय परिप्रेक्ष्यबाट हेरिरहेको छ, जहाँ साम्राज्यवादी आकांक्षाहरू, ऊर्जाको खोजी र आधुनिक विश्वको निर्माणसँगै पृथ्वीको विनाश कसरी जोडिएको ...
आजको अंकमा हरि शर्मा, लियोनार्ड बाइन्डरसहित ६ जना लेखकको पुस्तक “Crisis and Sequences in Political Development” को चर्चा गर्दै हुनुहुन्छ। यस पुस्तकले राजनीतिक विकासलाई एउटा जटिल र बहुआयामिक प्रक्रिया मानेर, यस क्रममा उत्पन्न हुने संकटहरूलाई पाँचवटा प्रमुख समूहमा विभाजन गरेको छ: पहिचान संकट, वैधता संकट, सहभागिता संकट, सघनता संकट र वितरण संकट। यी संकटहरूले राजनीतिक प्रणालीलाई कसरी चुनौती दिन्छन् र तिनको समाधानले समाजलाई स्थिरता र प्र...
आजको अंकमा हरि शर्मा, रोबर्ट माइकल्सद्वारा लिखित पुस्तक ‘Political Parties: A Sociological Study of the Oligarchical Tendencies of Modern Democracy’को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले राजनीतिक दलहरूको संरचना र तिनीहरूको सत्ताको स्वरूपलाई गहिरो विश्लेषण गरेको छ।
माइकल्सले यस पुस्तकमा राजनीतिक दल र अन्य संगठनहरू, चाहे ती कति पनि लोकतान्त्रिक किन नहुन्, अन्ततः सानो सत्ताधारी समूहद्वारा नियन्त्रित हुन्छन् भन्ने आफ्नो प्रसिद्ध Iron Law...
आजको अंकमा हरि शर्मा, धनुषचन्द्र गोतामेद्वारा लिखित पुस्तक ‘घामका पाइलाहरू’को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले नेपालको मधेशको ग्रामीण जीवन, मानिसका संघर्ष र सामाजिक परिवेशलाई निकै कलात्मक रूपमा प्रस्तुत गरेको छ।
‘घामका पाइलाहरू’मा गोतामेले ग्रामीण समाजमा मधेशका मानिसको जीविका, आशा, र निराशाका कथालाई चित्रण गरेका छन्। यस पुस्तकमा प्रकृतिसँगको सह-अस्तित्व र जीवनका संघर्षको कथा छ। गौतमको लेखनी सरल तर गहन छ, जसले हरेक पंक्तिमा नेपाली ...
आजको अंकमा हरि शर्मा रमेश भुसालद्वारा लिखित पुस्तक 'छालबाटो'को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले कर्णाली नदीको उद्गमस्थलदेखि कैलाश मानसरोवर हुँदै गङ्गासम्म करिब एक हजार एक सय किलोमिटर लामो दूरी छिचोलिएको ४५ दिने यात्राको वर्णन गर्दछ। यो किताबमा भुसालले नदीसँग जोडिएका विभिन्न पात्रहरूको कथा, जलवायु परिवर्तन, बाँध निर्माण र स्थानीय समुदायको जीवनशैलीबारे गहिरो अध्ययन प्रस्तुत गरेका छन्।
छालबाटो पुस्तकले नदी र मानिसको जीवनबीच...
आजको अंकमा हरि शर्मा लुडविग एफ स्टिलर एसजेद्वारा लिखित 'The Silent Cry: The People of Nepal 1816-1839' पुस्तकको चर्चा गर्दै हुनुहुन्छ। यस पुस्तकले १८१५ डिसेम्बर को सुगौली सन्धिपछि १८१६ देखि १८३९ सम्मको नेपालको सामाजिक, राजनीतिक, र सांस्कृतिक परिवर्तनहरूको गहिरो विश्लेषण प्रस्तुत गर्दछ। सुगौली सन्धीपछि देशले भोगेका चुनौतीहरू र जनजीवनमा परेको प्रभावलाई पुस्तकले जीवन्त रूपमा उजागर गरेको छ।
स्टिलरले नेपालका जनताको मौन संघर्ष, ...
आजको अंकमा हरि शर्मा इंगो स्मिटद्वारा सम्पादित पुस्तक 'The Three Worlds of Social Democracy: A Global View' को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले समाजवाद र सामाजिक लोकतन्त्रको ऐतिहासिक र सैद्धान्तिक विकासलाई विभिन्न भौगोलिक क्षेत्रका दृष्टिकोणबाट विश्लेषण गरेको छ।
पुस्तकमा पश्चिमी र पूर्वी युरोप, ल्याटिन अमेरिका, भारत तथा दक्षिण अफ्रिकामा सामाजिक लोकतान्त्रिक पार्टी र सरकारहरूको अनुभवको विभिन्न विज्ञहरूले समीक्षात्मक...
आजको अंकमा हरि शर्मा लोकराज बरालले लेख्नुभएको ‘Oppositional Politics in Nepal’ (अपोजिसनल पोलिटिक्स इन नेपाल) पुस्तकको चर्चा गर्दै हुनुहुन्छ।
१९७७ मा प्रकाशित यो पुस्तक नेपालको राजनीतिक प्रणालीको ऐतिहासिक पृष्ठभूमिमा आधारित छ। यसले नेपालको राजनीतिक परिदृश्यमा प्रतिपक्षी र शासकबीचको द्वन्द्व र प्रतिपक्षी शक्तिहरूले कसरी प्रजातान्त्रिक शासनका लागि नेपालमा कसरी मार्ग तयार पारे भन्ने विश्लेषण गरेको छ।
आजको अंकमा हरि शर्मा प्रनब बर्धनद्वारा लिखित 'अ वर्ल्ड अफ इन्सेक्युरिटीः डेमोक्रेटिक डिसइन्च्यान्टमेन्ट इन रिच एन्ड पुअर कन्ट्रिज' पुस्तकको चर्चा गर्दै हुनुहुन्छ।
यस पुस्तकले आर्थिक असमानता, सामाजिक विभाजन र पर्यावरणीय संकटका कारण विश्वका विभिन्न समुदायहरू कसरी असुरक्षाको अवस्थामा छन् भन्ने विश्लेषण गरेको छ। बर्धनले यो किताबमा असुरक्षाका विभिन्न आयाम, खासगरी आर्थिक असमानता र शक्ति सन्तुलनको प्रश्नलाई विशेष ध्यान दिएका छन्...
आजको अंकमा हरि शर्माले प्रत्यूष वन्त, लोकरञ्जन पराजुली र मार्क लिच्टीद्वारा सम्पादित 'Nepal in the Long 1950s' पुस्तकको चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले सन् १९५० को दशकमा नेपालको राजनीतिक संक्रमण, राणा शासनको अन्त्य र प्रजातन्त्रको शुरूआती अवस्थालाई विस्तृत रूपमा वर्णन गरेको छ। साथै, यो किताबले दोस्रो विश्वयुद्धपछिका उपनिवेशवाद विरोधी आन्दोलन र नयाँ प्रकारका पुँजीवादको उदयको विश्वव्यापी घटनाक्रमहरूले नेपाललाई पारेको प्र...
आजको अंकमा हरि शर्मा बेरिङ्टन मुरद्वारा लिखिएको पुस्तक "सोसल ओरिजिन्स् अफ डिक्टेटरसिप एन्ड डिमोक्रसी" बारे चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले तानाशाही शासन तथा प्रजातन्त्रको उत्पत्ति र त्यसको सामाजिक पृष्ठभूमिबारे गहिरो विश्लेषण प्रस्तुत गरेको छ।
यो पडकास्टको रेकर्डिङ २०२० मार्चमा रेकर्ड गरिएको हो र अहिले पुन: प्रसारण हुँदैछ।
"सोसल ओरिजिन्स् अफ डिक्टेटरसिप एन्ड डिमोक्रसी" ले विभिन्न देशहरूको उदाहरणमार्फत प्रजातन्...
If you've ever wanted to know about champagne, satanism, the Stonewall Uprising, chaos theory, LSD, El Nino, true crime and Rosa Parks, then look no further. Josh and Chuck have you covered.
The official podcast of comedian Joe Rogan.
Current and classic episodes, featuring compelling true-crime mysteries, powerful documentaries and in-depth investigations. Special Summer Offer: Exclusively on Apple Podcasts, try our Dateline Premium subscription completely free for one month! With Dateline Premium, you get every episode ad-free plus exclusive bonus content.
Listen to 'The Bobby Bones Show' by downloading the daily full replay.
The latest news in 4 minutes updated every hour, every day.